दफा ३५
थप दावी लिन सकिने
कुनै मुद्दा अदालतमा दायर भैसकेपछि त्यस्तो मुद्दामा अन्य सम्बद्ध थप प्रमाणहरुबाट मुद्दा दायर भैसकेका अभियुक्त बाहेक अन्य अभियुक्तहरु उपर समेत दावी लिन पर्ने भएमा वा मुद्दा दायर भई अभियुक्त कायम भई सकेका ब्यक्ति उपर थप अभियोग लगाउनु पर्ने देखिएमा त्यसको कारण खुलाई थप अनुसन्धान गर्न लगाई अन्य थप अभियुक्तको हकमा समेत थप दावी लिई सरकारी वकिलले मुद्दा दायर गर्न सक्नेछ ।